मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण
२०८२ श्रावण ०८ बिहीवार
- प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन्।
हेटौंडा : चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।
प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन्।
लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गर्दै २८९ जना पक्राउ गरिएको छ। यस क्रममा छ हजार ००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट÷ट्रामाडोल, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। साथै, ५५ वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएका छन्।
प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजाको खेती र ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा रहेको अफिम खेती फडानी गरेको छ। उक्त अभियानमा ४२१ जना प्रहरी परिचालित भएका थिए।
अबैध भन्सार छली नियन्त्रणका क्रममा प्रहरीले १६ करोड १७ लाख ७४ हजार रुपैयाँ बराबरको सामान र मुद्रा बरामद गरेको छ। बरामदमा ८ किलो ७३५ ग्राम सुन, २ किलो १९६ ग्राम चाँदी, १० थान सवारीसाधन, ३२ हजार अमेरिकी डलर र १४ हजार यूरो विदेशी मुद्रा समावेश छन्।
फरार १८३ जना अभियुक्त पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिनको कैद सजाय कार्यान्वयन गरिएको छ। साथै, १ करोड २१ लाख ७३ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ।
अबैध उत्खनन् विरुद्ध १९५ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्, जसबाट ११ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
एक वर्षमा ४०७ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् । ट्राफिक उल्लंघनमा ३० हजार ३४ कारबाहीबाट २ करोड ४१ लाख ४५ हजारभन्दा बढी राजस्व संकलन भएको छ। मापसेमा ८४४ चालक कारबाहीमा परेका छन् भने लागुऔषध सेवन गरी सवारी चलाउने २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
सामाजिक सुरक्षा र जनचेतनाका लागि २,६१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सर्वसाधारण सहभागी भएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।